चम्पादेवी गाँउपालिका अध्यक्ष कप २०७९ कार्यक्रम समापन गाँउपालिका अध्यक्ष नवराज के सि ज्यु बाट भएको छ ।
समापन कार्यक्रमका प्रमुख अतिथी कोशी प्रदेशका माननीय प्रदिप कुमार सुनुवार, पत्रकार माहासँघ कि केन्द्रिय उपाध्यक्ष बाला अधिकारी, सुनकोशी गाउपालिका अध्यक्ष कमल तामाङ, खिजिदेम्बा गाउपालिका नि वर्तमान अध्यक्ष वेद बहादुर रोक्का,गोकुलगङगा गाउँपालिका अध्यक्ष काजी बहादुर खड्का, भुमी आयोग ओखलढुंगाका अध्यक्ष पुरुषोत्तम लुइँटेल, चम्पादेवी गाउपालिका उपाध्यक्ष दिलामाया मगर, सम्पुर्ण वडा अध्यक्ष तथा कार्यपालिका सदस्यहरु र वडा सदस्य ज्युहरु, रास्ट्रिय कलाकार प्रिति आले, वालकुमार श्रेष्ठ र सिद्धाथ आले, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरु कार्यालयकाे सम्पूर्ण कर्मचारीहरु लगायत विशाल जनसमुदायको उपस्थितिका विच भव्य रुपले समापन भएको छ। कार्यक्रम सञ्चालन गाउँ पालिका प्रमुख प्रसासकिय अधिकृत प्रेम प्रसाद सुवेदीले गर्नु भएको थियाे । कार्यक्रममा घोडादौड, भलिवल, जीवन सङिनी बोकेर दौडने, गोरु जुधाइ, बोका झिक्ने, १०० मिटर दौड, दोहोरी प्रतियोगिता का विजयी खेलाडीहरुलाइ पुरस्कार वितरण गरिएको थियो ।