चम्पादेवी गाउँपालिकाको आयोजनामा आ व २०८१/०८२ मा चम्पादेवी गाउँपालिका भित्र सँचालन हुने योजना तथा कार्यक्रमहरु सम्झौता लगायत जेष्ठ नागरिक परिचय पत्र वितरण, कृषि तथा पशु पंक्षि फार्म दर्ता तथा नविकरण, कृषक समुह, संघ सस्था सहकारी दर्ता तथा नविरकण घुम्ति शिविर कार्यक्रम मिति २०८१ साल कार्तिक ४ गते वडा न १० बाट शुरु गरि आज मिति २०८१ साल कार्तिक १३ गतेका दिन वडा १ बाट समापन गरिएको छ ।
उक्त शिविर कार्यक्रम वडा न १० बाट चम्पादेवी गाउँपालिका अध्यक्षा श्री नवराज के सी, तथा उपाध्यक्ष श्री दिलामाया मगर ज्युको विशेष उपस्थितिमा उद्घाटन गरि कार्तिक १३ गते वडा न १ बाट गाउँपालिका अध्यक्ष श्री नवराज केसी ज्यूको विशेष उपस्थितीमा घुम्ति शिविर कार्यक्रमको समापन गरिएको थियो ।
उक्त शिविर कार्यक्रममा गाउँपालिका अध्यक्ष, उपाध्यक्ष ज्यू लगायत प्रमुख प्रशासकीय अधिकृत श्री दिपक श्रेष्ठ, इन्जिनियर गौरीशंकर मंडल, योजना तथा प्रशासन शाखा प्रमुख श्री सन्जित कुमार विक, कृषि तथा पशु विकास शाखा अशोक श्रेष्ठ, गुनासो सुनुवाइ अधिकारी उत्तम फुयाल लगायत सम्बन्धीत जनप्रतिनिधी तथा कर्मचारीहरुको विशेष उपस्थिति रह्यो ।
यस घुम्ति शिविर कार्यक्रममा भए/गरेका कार्यसम्पादनलाइ तपशिल बमोजिम प्रस्तुत गरिएको छ ।
तपशिल
जम्मा योजना सम्झौता ५४ वटा
जेष्ठ नागरिक परिचय पत्र वितरण १०५ थान
कृषि तथा पशु पंक्षि फार्म दर्ता, ११
व्यवसाय दर्ता, २