चम्पादेवी गाउपालिका, वडा कार्यलय र विषयगत शाखाबाट आर्थिक वर्ष २०७८/७९ र २०७९/८० मा भए-गरेका विकास निर्माणका प्रभाकारिता एवं सार्वजनिक सेवा प्रवाह सम्बन्धमा आयोजित सार्वजनिक सुनुवाइ कार्यक्रमका सभाअध्यक्ष आदरणीय पालिका प्रमुख नवराज के.सि. ज्यु बाट आज उत्घाटन भएसङै समापन भएको छ ।
प्रमुख प्रसासकिय अधिकृत प्रेम प्रसाद सुबेदी, शिक्षा साखा प्रमुख रामजी दाहाल तथा खरिद शाखा प्रमुखबाट आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको छ ।
कार्यक्रममा वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु, स्वास्थ्य संस्थाका प्रतिनिधिहरु, बिध्यालयका प्रतिनिधिहरु तथा आमजनसमुदायको उपस्थिति रहेको छ ।
विभिन्न राजनैतिक दलका प्रतिनिधिहरुले आफ्नो मन्तव्यका राख्नुका साथै आमजनसमुदायले समसामुयिक चासोका विषयमा प्रश्न राख्नु भएको छ ।
सार्वजनिक सुनुवाइमा उठेका प्रश्नहरुको जवाफ पालिका प्रमुख नवराज के.सि. ज्यु, उपाध्यक्ष दिलामाया मगर ज्यु, निमित्त प्रमुख प्रसासकिय अधिकृत प्रेम प्रसाद सुवेदी ज्यु, विषयगत शाखा प्रमुखहरुले दिनु भएको थियो ।
कार्यक्रम सभ्य र भव्य रुपले समापन भएको छ ।